नारी दिवसको नाराले नारीलाई नै गिज्याझै लाग्छ

नारी दिवसको नाराले नारीलाई नै गिज्याझै लाग्छ

काठमाडौँ - अस्ती भर्खरै एकजना चिनजानको दिदीले आचम्म लाग्दो आफ्नो पीडा सुनाईन, जो  काठमांडौको धनाढ्य परिवारकी बुहारी, श्रीमान बिज्नेसम्यान । श्रीमान बिरामी भएछन् ,मिर्गौला फेर्नुपर्ने भएछ, मिर्गौला दिनको लागि उनलाई परिवारको दबाब आएपछि उनले आफ्नो लाउलाउ खाउ“ खाउ“ भन्दो कल्कलाउँदो उमेर छ, छोराछोरी जन्माएको शरीर हो ।

भोलि आफ्नो स्वास्थ्य के हुने हो ? भनेर अनेक बाहनामा अस्विकार गर्न खोजेकी रहीछन् । दुःखी हुदै उनले सुनाईन, परिवारले स्वास्थ्य परिक्षणको लागि अस्पताल जान आग्रह गरेपछि तीन चार पटक त मैले जानीजानी परिवारका सदस्यले थाहा नपाउने गरी अल्कोहल पीएर गएँ । त्यतिबेला डक्टरले स्वास्थ्यमा समस्या देखाएर घर फर्कायो म खुशी भएँ । तर एकदिन अचानक परिवारका सदस्यले थाहै नदीकन झुक्याएर मेरो स्वास्थ्य जा“च गराए मिर्गौला दिन मिल्छ भनेर अस्पतालले भनिदियो त्यसपछि म अलमल परे । तर परिवार र श्रीमानले चौतर्फी दबाब दिए मिर्गौला दिन ।

आफ्नै श्रीमान बिरामी हुदा पिर कस्लाई हुँदैन र मलाई पनि थियो, तर मिर्गौला बाहिरबाट खरीद गरेर राख्नै नसक्ने मेरो परिवार थिएन । म के गरु दोधारमा परेँ मिर्गौला नदिए मैले घरबार त्याग्नु पर्ने, सम्बन्ध बिच्छेद गर्नुपर्ने परिस्थिति आयो अन्तमा मैले हारेँ, सोचे मर्नु भन्दा बहुलाउनु निको लाग्यो । मेरो शरीरबाट मिर्गौला निकालियो र श्रीमानको शरीरमा राखीयो । श्रीमान बिरामी निको भएकोमा म अत्यन्तै खुशी छु, तर मेरो स्वतन्त्रता र परिवारले मिर्गौला नदिए घरबार त्यागेर जान बाध्य बनाएको क्षणले म अत्यन्तै मर्माहत छु । यो सत्य घट्ना भर्खरै काठमांडौकै एक धनाढ्य परिवारमा घटेको हो । 

अंग दान नगरे घरबार त्याग्नु पर्ने महिलाको बाध्यताको अन्त्य कहिले ? 

पछिल्लो समय नेपालमा मिर्गौला दान गर्ने पुरुषको तुलनामा महिलाको संख्या बढी भएको तथ्यांक सार्वजनिक भएको छ । यो तथ्यांकमा बढ्नुमा  महिला माथि अंग दान गर्न कति दबाब छ भन्ने सन्दर्भ यही घट्नाले पुष्टी गर्छ । 

समानताको पुस्ता.अन्त्य गरौं बिभेद ,हिंसा र असमानता भन्ने यस बर्षको अन्तराष्ट्रिय नारी दिवसको नाराले नै नारीहरुलाई गिज्याय झै लाग्छ । १ सय १० औं पटक नारी दिवसका नाराहरु फेरीए तर नेपाली नारी माथि पुरुषहरुले गर्ने दमीत ब्यवहारको स्वरुप फेरिएको छैन । सदियौं देखि नेपाली नारीहरुले यो वा त्यो बाहनामा कुनै न कुनै हिंसा र शोषण सहन बाध्य छन । नेपाली नारीहरु घरदेखि , यात्रामा, कार्यकक्षमा जहाकंही कुनै न कुनै हिंसा भोग्न बाध्य छन् । 

अहिलेको संघीयलोकतामन्त्रीक गणतन्त्रको समयमा यस बर्ष नै नेपालमा सबै उमेर समुहका नारी माथी भएको कहाली लाग्दो हिंसा हत्याका खबरहरु समाजिक संञ्जालमा छाईनैरह्यो । आफ्नो शरीरको अधिकार जोकोहीमा आफैमा निहित हुन्छ, हुनुपर्छ तर नेपाली नारीको लागि यो अहिंसाले असंम्भव जस्तै बनेको छ ।

एउटी नारीको प्रगतिमा समाज खुशी हुन्न सक्दैन अनेकन लान्छाना लगाईन्छ ,खुट्टा तान्ने काम हुन्छ अन्तत ती नारीलाई पुरुषको दासी भएर बस्न बाध्य बनाईन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने अशिक्षित भन्दा पनि शिक्षित, गरिव भन्दा धनाढ्य अनि आफन्त र नजिक मानिएका पुरुषहरुबाट नारीहरुको शोषण बढी हुने गरेको तथ्यांक छ । कतै शारीरीक शोषण, कतै पारीश्रमीक शोषण , नारीहरु शोषणमा परीनै रहेका हुन्छन् । एउटा नारी कुनै न कुनै रुपमा हिंसामा परे पनि  लाज, इज्जत, परिवार, समाज  अनि साथीभाईले के भन्लान भनेरै आफ्नो पीडा पोख्न चाहंदैनन ।

यति सम्मकी शिक्षित नारीहरु समेत डिप्लोम्याटीक भर्सनमा बोल्न बाध्य हुन्छन जुन कारण पितृसतात्मक सोचको असर हो । त्यसो त एउटा पुरुषले द्धैध चरित्र देखाएर धेरै महिला माथी खेलवाड गरेर बिक्षिप्त बनाएको हुन्छ । एउटा पुरुषले मञ्चमा नारी समानता र बिभेद अन्त्यको कुरा दिनभर गरेर थाक्दैन तर ब्यवहारमा उहि पुरुषले नारी माथि गर्ने ब्यवहार क्रुर हुन्छ ।  त्यसैले नारी समानता र बिभेद र हिंसाको अन्त्य मुखले बोलेर हैन ब्यवहारमा परिवर्तन गरी देखाउनु आजको आवश्यक्ता हो ।