नेपाल टेलिकमले बुधबार रातिदेखि रिचार्ज बराबरको बोनस दिने

नेपाल टेलिकमले बुधबार रातिदेखि रिचार्ज बराबरको बोनस दिने

काठमाडौं – नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार रातिदेखि उपलब्ध गराउन सुरु गर्ने भएको छ । 

यसअघि बुधबार दिउँसोबाट सुरू गर्ने भनिए पनि प्राविधिक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ । 

यो सुविधाअन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् ।