प्रहरीले निमर्मता पूर्वक लाठी प्रहार (भिडियोसहित)

काठमाडौँ  - लक डाउनको निर्णय कार्यान्वयका लागि प्रहरीले सडकमा कडाई गरेको छ । नमान्ने सर्वसाधारणलाई सम्झाई बुझाई पठाउने गरिए पनि कतिपय स्थानमा भने प्रहरीले निमर्मता पूर्वक लाठी प्रहार गरिरहेको छ ।  

प्रहरीले धमाधम लाठि बर्षाइरहेको यो दृश्य काठमाडौस्थित सहिदगेट अघिको हो । अधिकांश स्थानमा प्रहरीको सम्झाउने तरिका ठिक भए पनि सुन्धारामा भने गलत देखियो । हामी रिपोटीङको क्रममा रहँदा एक जना युवती भद्रकाली तर्फबाट न्युरोड तर्फ जान आउँदै थिइन ।

तर हातमा लठ्ठी लिएका यी प्रहरी जवानले उनीसंग केही बुझ्दै नबुझी लठ्ठी बर्साउन थाले । प्रहरीले आफूमाथि निर्मम लट्टी बर्षाउन थालेपछि उनले प्रहरी बिरुद्ध आक्रोश पोखिन् । यस्तो दृश्य काठमाडौँमा मात्रै होइन अन्य जिल्लाहरुमा समेत देखिन थालेको छ । यसरी कसैको अत्यावश्यक परिस्थीति नबुझीकन भौतिक कारवाही गर्नु प्रहरीको सरासर गल्ती हो । 

लक डाउन पालना गनुर्् नागरिकको कर्तव्य हो तर अत्यावश्यक परिस्थीति पनि त कसैका लागि निम्तीएको हुनु सक्छ । त्यस्तो बेला सहयोग गर्नुको सट्टा सिधै कारवाही गर्न हुन्न । लाठी बर्साउनु अघि कम्तिमा एक पटक प्रहरीले उनीहरुको समस्या बुझ्नु पर्ने र सम्झाउनु पर्ने होइन र ?