नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या तीन पुग्यो

नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या तीन पुग्यो

काठमाडौँ  - नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार राति प्राप्त कोरोना परीक्षण रिपोर्टमा थप एकजनामा संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

संक्रमित व्यक्तिलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसुलेशन वार्डमा राखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको हो ।

यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो । चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ ।