गायक फूर्बा शेर्पाको मरि लानु के छ र म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ  -  गायक फूर्बा शेर्पाको ‘मरि लानु के छ र’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । माई क्रियशन मिडियाले उत्पादन गरेको गितमा सोनाम शेर्पा कहानीको  शब्द संगीत, मिंगमार शेर्पाको निर्देशन तथा फूर्बा शेर्पाको स्वरमा रहेको ‘मरि लानु के छ र’ गीतको भिडियो योहो टेलिभिजनको कार्यक्रम योहो कनेक्सन मार्फत सार्वजनिक गरिएको हो । 

गायक शेर्पाको हिमाली गाउँ ( २ मा समाविष्ट ‘ मरि लानु के छ र ’ बोलको गीतमा मायामा मानिसहरु कतिसम्म बाचा गर्न तयार हुन्छन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ । केही भन्दा पनि माया लाउन तयार नभएकी युवतीलाई पुरुषले कसरी फकाउँछन् भन्ने पाटो गीतमा देखाउन खोजिएको छ । 

केटीलाई आफ्नो वंशमा पार्न केटाले धेरै प्रलोभन देखाउँछन् तर केही गर्दा पनि नमानेपछि अन्त्यमा युवतीलाई बेलैमा माया पिर्ती  नजोडे जिन्दगी त्यसै खेरजाने चुनौती दिदँै बिदा हुन्छन् । 

सेलोमा आधारित यो गीत निर्माणका लागि गायक शेर्पाले राम्रै समय खर्चेका छन् । शेर्पा भन्छन् ‘पहिलो गीति एल्बम हिमाली गाउँ १ को सफलताले नै मलाई हिमाली गाउँ भाग २ ल्याउन प्रेरित गर्यो र मैले राम्रै मिहेनत पनि गरेको छु । यसबाट राम्रै सफलताको आशा गरेको छु ।’ 

पहिलो एल्बम हिमाली गाउँ १ मा – पाँच वटा गीत समावेश गरेका फूर्बाले हिमाली गाउँ २ मा पनि पाँचै वटा गीत समावेश गरेका छन् । ती मध्ये ‘होइ डोल्मो, होई पाल्मो’ को म्युजिक भिडियो सार्वजनिक भईसकेको छ ।

तेस्तै हिमाली गाउँ २ बाट लोसारको अवसरमा ‘मरि लनु के छ र’ म्युजिक भिडियो सार्वजनिक गरिएको गायक शेर्पाले बताउनु भयो । गीतमा मिस शेर्पा २०१८ कि दाबुटी शेर्पा र फूर्बा शेर्पाले अभिनय गरेका छन् ।  गीत हिट हुनेमा आफू विश्वस्त रहेको गायक फूर्बा शेर्पाले सुनाए । गीतको छायाँकन सोलुखुम्बुको तिङला र पात्लेको बिभिन्न स्थानमा गरिएको छ ।