सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैँ

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैँ

काठमाडौँ  - सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैँछ ।पहिलो खेलमा मनाङ र सरस्वती तथा दोस्रो खेलमा च्यासल र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुदैँछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । मनाङ ७ खेलमा १३ अंक सहित तालिकाको चौथो स्थानमा छ । सरस्वती १ अंक सहित तालिकाको पुछारमा रहेको छ । च्यासल ६ अंक सहित बाह्रौ स्थानमा छ । ब्रिगेड ८ अंक सहित नवौं स्थानमा रहेको छ ।