कोपा डेल रेमा बार्सिलोनाले जित

कोपा डेल रेमा बार्सिलोनाले जित

काठमाडौँ  - स्पेनिस कोपा डेल रेमा बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इविजलाई २–१ गोल अन्तरे पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

इविजको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एन्टोनी ग्रिजम्यानले दुई गोल गरे । उता इविजका लागि जोसेव मार्टीनले एक गोल फर्काए । खेलको नवौं मिनेटमा मार्टीनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

७२ औँ मिनेटमा बार्सिलोनाका लागि ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्जरी समयमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ गोलको जित दिलाए ।