१० हजार लिनु पर्नेमा १ लाख ३० हजार लिने यिनको अनुहार चिनौं (भिडियोसहित)

काठमाडौँ  - देशको अर्थतन्त्र धान्न महत्वपूर्ण भूमिकानिर्वाह गर्ने वैदेशिक रोजगारीमा गएका युवा ठगिने, लुटिने र अपमानित हुने कैयन घटना छन् । म्यानपावर र दलालहरुको फन्दामा परेर धेरै युवा ठगिएका छन् । यसपटक कुवेत पठाउँछौं भनेर रुकुमका दुई युवाहरु ठग्न खोज्ने काठमाडौंको एक म्यानपावर कम्पनी कानुनी कठघरामा परेको छ । 

सरकारी नियम अनुसार एक व्यक्तिबाट १० हजार भन्दा बढी रकम लिन नपाउनेमा काठमाडौं गोंगवुमा रहेको एअआरके नेपाल प्रालीले एक लाख ३० हजार रुपैयाँ अवैध असूली गर्न लागेको उजुरी लिएर दुई युवा वैदेशिक रोजगार विभाग पुगे । 

रुकुमको  चौर जहारी नगरपालिका वडा नम्बर ८ कालो केन्द्र राना र वडा नम्बर २ कामिलन रानाबाट जनही १ लाख ३० हजार रुपैयाँ असूल्न खोजेपछि उनीहरु विभागको ढोका ढकढक्याउन पुगे । 

१० हजारमा हुनु पर्ने कामका लागि १ लाख ३० हजार रुपैयाँ माग्ने  एसआरके नेपाल प्रालीको नालीबेली सुनिसकेपछि विभागले केही प्रहरी र विभागका अधिकृत तीर्थराज कट्टेलको नेतृत्वको टोली खटायो । टोली एसआरकेको कार्यालयमा पुग्दा रिसेप्सनमै २ लाख ६० हजार रुपैयाँ रुकुमका युवाबाट लिएर राखिसकेको फेला प-यो । थप हेर्नका लागि भिडियो हेर्नुहोस् ।