मध्यावधिक निर्वाचनको मनस्थितिमा ओली

मध्यावधिक निर्वाचनको मनस्थितिमा ओली

काठमाडौँ  - वर्तमान राजनितिक परिवर्तनको माहोल बेलाबेलामा तातेको देखिन्छ । २०४६ सालको आन्दोलनले पुनः प्राप्त गरेको प्रजातान्त्रिक व्यवस्थालाई सहि तरिकाबाट अगाडी बढाउन नसकेको धेरै उदाहरणहरु इतिहास साक्षि छ । तत्कालिन अवस्थामा नेपाली काँग्रेसले बहुमतको सरकार चलाएको थियो, तर त्यस बेलाका प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा मध्यावधिक निर्वाचनको घोषणा गरे । त्यसपश्चात नेपाल गृहयुद्धमा फसेको इतिहास जगजाहेर छ । 

विगतलाई हेर्ने हो, भने त्यस समयको राजनितिक नेतृत्वमा परिवर्तन आउला र देश समृद्धीतर्फ अघि बढला भन्ने आम नेपाली जनताले सोचेका थिए तर आशाहरु निराशामा परिणत भए । आज फेरी मुलुक एकपछि अर्को गर्दै अधोगतिमा दौडिरहेको छ । आजभोली चोक चोकमा कहिले दुई तिहाइको त कहिले बहुमतको सरकारको चर्चा परिचर्चा हुन थालेको छ । भ्रष्टाचारका गन्धहरु दिनप्रतिदिन फैलिदै गएको छ ।

सरकारका मन्त्रीहरु एकपछि अर्को विवाद र भष्ट्रचारको आरोपमा पदच्युत हुने अवस्थामा पुगेका छन् । जनताको नजरमा स्वयम प्रधानमन्त्री ओली नै भ्रष्टाचारको आशंकामा पर्न थालेका छन् । सरकारको गिर्दाे शाख र पार्टी भित्रै उत्पन्न गुटगत राजनितिक दाउ थप बलियो हुँदै गएपछि प्रधानमन्त्री ओली अहिले रक्षात्मक अवस्थामा पुगेका छन् । उनलाई अहिले कसरी हुन्छ पद जोगाउने ध्याउन्न छ । ५ वर्षे कार्यकालको आधा समय कसरी सुरक्षित गर्ने भन्ने उनको पहिलो तयारी भइरहे झैँ देखिन्छ । 

पटक पटक संसद छिर्ने असफल सुत्रमा लागिरहेका नेकपा नेता वामदेव गौतम फेरी एक पटक जस्केलोबाट राष्ट्रियसभामा प्रवेश गर्ने प्रयासमा लागिरहेका छन् । नेकपा सचिवालय वैठकमा समेत पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरुको गुट बलियो बन्दै गएपछि रक्षात्मक अवस्थामा पुगेका ओली समूह कसरी सत्तामा टिकिरहने भन्ने रणनितीमा लागेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले संविधान संसोधनसँगै मध्यावधिक निर्वाचनको मनस्थिती बनाएका छन् भन्ने सुचना प्रधानमन्त्री ओली निकटका व्यक्तिहरुबाट बाहिर आउन थालेको छ ।

मध्यावधिक निर्वाचनको मिती तोक्ने, सवैको ध्यान निर्वाचन तर्फ होम्याउने र आफ्नो पद जोगाइराख्ने सुत्र अघि सार्ने रणनितीमा ओली पुगेका हुन् । यदी यसो गरेको खण्डमा सरकार प्रतिको वितृष्णा र आलोचना कम हुने अपेक्षा ओली र उनका सल्लाहकारहरुको निचोड हुन सक्दछ । यदी यसो भएमा ओलीले राजनितिक बठ्याई गरेको ठहर्ने छ । जुन ओलीका लागि मात्रै नभई नेकपा पार्टी भित्रको शक्ति सन्तुलन भताभुंग हुने निश्चित छ । यस्तो अवस्थामा नेपाली काँग्रेस आन्तरिक वादविवाद र जोडघटाउमा भन्दा दिर्घकालिन सोँच र रणनितीमा लाग्नु जरुरी छ । 

बिनिता अधिकारी 

नेपाली कांग्रेस युवा नेतृ