संसदमा प्रधानमन्त्रीको सम्बोधन आज नहुने

संसदमा प्रधानमन्त्रीको सम्बोधन आज नहुने

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संघीय संसदका दुवै सदनमा गर्ने भनिएको सम्बोधन रोकिएको छ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद स्रोतले जनाएको छ ।

आजको प्रतिनिधिसभामा प्रधानमन्त्रीले सरकारको दुई वर्षे कार्यकालका उपलब्धि जानकारी गराउन सम्बोधन गर्ने तय भएको थियो । तर  राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार बिहान निधन भएपछि नेपाली कांग्रेसले शोकका कारण सदन स्थगित गर्न माग गरेको थियो ।