सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज पनि ३ खेल हुँदै

सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज पनि ३ खेल हुँदै

काठमाडौँ  - सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज पनि ३ वटा खेल हुँदैछन् । अन्तिम चरणका खेल अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी प्रतिस्पर्धामा उत्रिएका छन् । 

जारी लिगमा हिमालयन शेर्पा ११ अंकसहित ११ औँ स्थानमा छ भने एनआरटी १५ अंकसहित नबौँ स्थानमा छ ।  सातदोबाटोमै दोस्रो खेलमा थ्री स्टार र च्यासल युथ क्लब भिड्दैछन् ।

थ्री स्टारले १२ औँ चरणका खेल सकिँदासम्म २३ अंक जोडेको छ । थ्रीस्टार अंक तालिकाको चौथो स्थानमा रहेको छ । च्यासल १५ अंकसहित आठौँ स्थानमा छ । 

आजको अन्तिम खेलमा साढे ३ बजे जावलाखेल युथ र मनाङ मस्र्याङ्दी भिड्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।  जावालाखेल १९ अंकसहित छैटौँ स्थानमा छ भने मनाङ मस्र्याङ्दी २५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।