भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस शुक्रबार नेपालसहित विश्वभर मनाईंदै

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस शुक्रबार नेपालसहित विश्वभर मनाईंदै

काठमाडौँ  - भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस शुक्रबार नेपालसहित विश्वभर मनाईंदै छ । हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभर यो दिवस मनाइन्छ ।

इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाहीको विरुद्धमा उत्रिएका सेन्ट भ्यालेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा  प्रणय  दिवस मनाउन थालिएको हो । विशेषगरी यस दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र प्रियजन तथा आफन्तलाई उपहार दिने गरिन्छ ।

पश्चिमा देशमा विशेष रुपमा मनाइने गरेको यो दिवस पछिल्लो दशकदेखि नेपालमा पनि मनाउने क्रम बढेको छ । नेपाली युवा पुस्तामा यो दिवस लोकप्रिय बन्दै गएको छ । गुलाबको फूल दिएर प्रेम अभिव्यक्त गर्ने भएकाले आजका दिन फूलको कारोबार बढी हुने व्यवसायीले बताएका छन् ।