यस्तो महत्त्व छ “लोसार” को,मनाउने परम्परागत विधि सहित

यस्तो महत्त्व छ “लोसार” को,मनाउने परम्परागत विधि सहित

काठमाडौँ - बौद्धधर्मवलाम्बी विभिन्न समुदायहरुले महान चाडको रुपमा मनाउदै आएको लोसारको आगमन भएको छ । विभिन्न समयमा फरक नामले लोसार मनाउदै आएपनि “च्याक फो च्यिवा लो” ग्याल्पो  लोसारको आगमान भने फेब्रुअरी महिनाको २४ तारिखबाट हुने भएको छ । यसैदिनदेखि २१४७ औं  च्याक् फो चिवा लो अर्थात  मुसा वर्षमा प्रबेश हुने भएको छ । धार्मिक तथा ऐतिहासिक परम्पराअनुसार हरेक वर्ष धुमधामका साथ मनाउदै आएको लोसार  तिब्बती चन्द्रमासको पात्रो अनुसार मनाउदै आएको छ । यो पात्रोमा ३ सय ६० दिनभित्र पृथ्वीले सुर्यको एक फन्को पुरा गरि अर्को फन्काको नयाँ सुरुवातलाई ल्होसार अर्थात नया वर्ष फेरिएको मानिन्छ ।

लोसार मनाउने परम्परागत विधि

लोसार मनाउने परम्परागत विधि, पूर्वतयारी ,कार्यन्वयन र समापन गरी तिन चरणमा विभाजन गरिएको पाइन्छ । लोसार शुरु हुनुभन्द डेढ महिना अगाडी नै, शुभ साईत हेरी लोसारको सगुनको लगि चाहिने पेय पदार्थ तयार गर्ने परम्परा छ । साथै पन्ध्र दिन अगाडी नै गमला वा गमला जस्तै भाडोमा नयाँ पालुवाको लागि उवा,गहुँ, जौ आदी बिउ राखेर च्याङमा (जमरा) उमारिन्छ,यसका साथै गाँउघर, बाटोघाटो, टोलचौतार आदीको सरसफाइ, रङरोगन र लिपपोत गरिन्छ । परिवारका सदस्यहरुका लागि नयाँ लुगा खरिद गरिन्छ । साथै एक विशेष प्रकारको खप्से रोटि जस्तै बनाइन्छ, र घरबाट टाढा रहेका अन्य परिवारका सदस्यहरुको घर आगमन शुरु हुन्छ । 

गुथुक खाने परम्परा 

लोसार शुरु हुनु दुई दिन अघि, अर्थात १२ औँ महिनाको औँसीको अघिल्लो दिन (यस वर्षको फाल्गुन १० गते) वा ङिश्यूु गु (कृष्णपक्षको चर्तुदसी) का दिन आफ्नो घरभित्र र घर वरिपरि सरसफाइ गरि निस्किएको फोहोर पुराना लुगा कपडा केहि सिक्का नुन खुर्सानी नाङलोमा राखि तिन वटा बाटोको संगम भएको स्थानमा लागि फाल्दा दशाग्रह जाने र घरमा शुभ –लक्षण भित्रने विश्वास गरिन्छ । साथै त्यसदिन गुम्बाहरुमा लामाद्धारा पुजा पाठ गर्ने चलन छ । त्यस दिनको साँझमा एक विशेष प्रकारको परिकार गुथक थुक्पा जस्तै खाने चलन छ । गुथुकको शाव्दिक अर्थ गु (नौ) थुक (मिश्रण) अर्थात नौ प्रकारको विभिन्न खाद्यवस्तु मिश्रण गरि बनाइएको एक प्रकारको खाने चलन छ । 

यो परिकारमा नौ प्रकारको खाद्यवस्तु विभिन्न आकृतिमा र विभिन्न प्रतिकका रुपमा बनाइएको छ । जसलाई नयाँ वर्षको भाग्य परिक्षणका रुपमा लिईन्छ । जसको भागमा जुन प्रतिक पर्छ सोहि अनुसार फल मिल्छ भन्ने मान्यता छ । जस्तै सुर्यको प्रतिमा तेज प्रताव बढ्ने, चन्द्रमाको प्रतिकमा प्रसिद्ध बढ्ने,तोर्माको प्रतिकमा इमान्दार बन्ने, धर्मशास्त्रको ठेलीको प्रतिकमा विवेकशिल बन्ने, चारपाटे आशनको प्रतिकमा आन्नदित हुने प्रतिकमा सम्पन्न बन्ने , ताराको प्रतिकमा छुच्चो हुने, खुर्सानीको प्रतिकमा चलाख हुने , कोइलाको प्रतिकमा मन कालो हुने, डमरुको प्रतिकमा मन चञ्चल हुने जस्ता कुरा गर्दै मनोरञ्जन पूर्वक पुरानो वर्षलाई बिद गर्ने चलन छ । 

गुथुकको भोलीपल्ट अर्थात औसीँको दिन )यस वर्षको फागुन ११ गते) पुजा कोठामा पहिला तयार पारिएकमो छ्याङ (जाँड) याङछाङ, छिमार, जमरा, खप्से, विस्कुट, मिठाई, नुन,दुध र घिउ मिसाएर विभिन्न आकारमा बनाएको एक प्रकारको रोटी हो । छिमार भन्नाले सातुमा नौनी घिउ, मह, चिनि, दुध मिसाएर बनाइएको प्रसाद हो । 

लोसारको पहिलो दिन यस वर्ष फागुन १२ गते 

लोसारको पहिलो दिन यस वर्ष फागुन १२ गते सबेरै उठेर नुहाइ धुवाई गरि नयाँ लुगा लगाएर कुवा धारामा गई नागको पुजा गरी धारामा घिउको टिका लगाई खप्से, खाँदा, फलफुल धुपवती चढाई ढोगेर नाग देवतालाई खुसि पारी पानी मागेर ल्याई घरको पुजा कोठामा अर्थात् छोसुम (त्रिरत्नलाई पुजा गर्न बनाइएको स्थान) मा भगवान बुद्ध वा कुल देवताहरुलाई खुसि बनाई शुद्ध पानी खप्से लगायत चढाएर टाशि मोलम अर्थात् मंगलावाचन गर्दै नयाँ वर्ष लोसार शान्तिमय वातावरणमा वितोस भनी पुजा आरधाना गर्दछन् ।

पुजापाठ सकिएपछि लोसारमा बनााइएको परिकार चिया,खप्से, छ्याङगुल, छिमार डेसिल खाँदै लोसारको शुभकामना आदान प्रदान गर्छन् । विशेष गरेर यस दिन आ–आफ्ना गुरुहरुका गएर आशिर्वाद ग्रहण गर्दै आफ्नो घर परिवारभित्र रमाइलो गरि बिताइन्छ । 

लोसारको दोस्रो दिन यस वर्षको फागुन १३ गते 

लोसारको दोस्रो दिन यस वर्षको १३ गते बाट आ–आफ्ना आमाबुवा , मान्यजन, दाजु, भाई दिदि बहिनी, ईष्टमित्र, छरछिमेकसँग रमाइलो वातावरणमा लोसार मनाउने भोज भतेरमा सहभागी हुने क्रमको सुरुवात हुन्छ यस्तै प्रकारको क्रम लोसारको दिनदेखि १५ दिन सम्म चली रहन्छ । लोसकारको तेस्रो दिन छेवा सुम यसवर्ष फागुनको १४ गते गाउँ वस्तीमा सबैजना जम्मा भएर नजिकैको गुम्बा अथवा पवित्र स्थानहरुमा गई यसवर्षको वाली नाली राम्रो होस् झै झगडा नहोस् प्राकृतिक विपत्ती नआओस भनेर प्राथना गर्ने चलन समेत रहेको पाइन्छ  । 

खास गरी काठमाडौँ उपत्यकामा बसोबास गर्ने शेर्पाहरु शेर्पा केन्द्रमा भेला भई पुजामा सहभागी हुन्छन् यसका लागि करिव २/३ महिना अगाडी देखि एक समुह बनाई ल्हप्सो पुजाको तयारी गरिन्छ । यस्तो समुह टिम ल्हप्सो पुजा सकेकै दिन अर्को सालको लागि गठन गरिन्छ । जसलाई ल्हप्सो आयोजक समिति भनिन्छ । 

जुन समितिले निमन्त्रणा कार्ड छापी शेर्पाहरुको घरघरमा लोसारको शुभकामना अर्थात् निमन्त्रणा वितरण गर्दै आ–आफ्नो गच्छे अनुसार ल्हप्सो पुजा सम्पन्न गर्नका निमित्त आर्थिक सहयोग संकलन गर्छन् । यसरी संकलन रकम ल्हप्सो पुजामा आउने सबैको लागि चिया, डेसिल ,खप्से, पिय पदार्थ आदीको व्यवस्था गरिन्छ , ल्हप्सो पुजामा आउने सबै शेर्पाहरु प्रायजसो आफ्नै मौलिक पोशाकमा सजिएर आउने गर्दछन् । साथै साहि दिन नै हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अगुवाईमा शेर्पा केन्दैबाट बृहत् लोसार ¥यालीको आयोजना विगत दिई दशक अगाडी देखि निरन्तर गर्दै आइरहेको छन् । 

दशौ दिन (यस वर्ष फागुन २१ गते) दिन गुरु रिन्पोछेको तिथिमा दानपुण्य गर्ने र पन्ध्रौ दिनमा (यस वर्षको फागुन २६ गते) भगवात बुद्धले रिद्धि शक्ति प्राप्ती गरेको दिन रहेकाले विजय  हर्षोल्लास पुर्वक मनाउने गरी लोसार मनाउने परम्परा रही आएको छ  । श्रोत – बिभिन्न  लामागुरुहरुसंग कुराकानी तथा नेपाल शेर्पा संघबाट