सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज  तीन खेल हुँदै

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (मंगलबार) तीन खेल हुँदैछ । लिगको १२ औं चरणको खेल अन्तर्गत आज पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै दोस्रो खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदा तेस्रो खेलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ । तीनै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

पहिलो खेलमा दोस्रो स्थानको आर्मी र ब्रिगेड बिहान पौने ९ बजे भिड्नेछन् । आर्मी ब्रिगेडलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । ११ खेलमा २६ अंक जोडेको आर्मी दोस्रो स्थानमा रहेको छ ।

ब्रिगेड भने आर्मीलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्न चाहन्छ । ८ अंक जोडेको ब्रिगेड १२ औं स्थानाम रहेको छ । यस्तै थ्री स्टार र एनआरटीबीचको खेल दिउँसो सवाँ १२ बजे भिड्नेछन् ।

दुवै टिम जित निकाल्दै शीर्ष ६ भित्र स्थान पक्का गर्न चाहन्छ । लिगको उपाधि होडमा रहेको मनाङले दिउँसो साढे ३ बजे नेपाल पुलिस क्लबसँग खेल्नेछ ।