ए डिभिजन लिग फुटबलको छैटौं चरणको अन्तिम खेल आज

ए डिभिजन लिग फुटबलको छैटौं चरणको अन्तिम खेल आज

काठमाडौँ  - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा छैटौं चरणको अन्तिम खेल आज हुँदै छ । लिग अन्तर्गत आज एउटा मात्रै खेल हुने छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे संकटा क्लब र त्रिभुवन आर्मी क्लब आमने सामने हुने छन् ।

पाँचौं चरणको समाप्ति हुँदा शीर्ष स्थानमा रहेको आर्मी जारी छैटौं चरणको अन्तिम खेलसम्म आईपुदा दोस्रो स्थानमा छ । संकटा भने आठौं स्थानमा छ ।

आजको खेलमा जित निकाल्दै आर्मी तालिकाको फेरि शीर्ष स्थानमा उक्लने प्रयासमा हुँदा संकटा पनि आर्मीविरुद्ध जीत निकाल्दै पाँचौं स्थानमा उक्लने प्रयासमा छ । बराबरीले भने तालिकामा कुनै पनि प्रभाव पार्ने छैन ।