ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैँ

ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैँ

काठमाडौँ  - सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुदैँछन् । पहिलो खेलमा पुलिस र एनआरटी तथा दोस्रो खेलमा च्यासल र एपीएफबीच प्रतिस्पर्धा हुदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

दिनको पहिलो खेलमा पुलिस र एनआरटी मध्यान्न १२ बजे भिड्नेछन् । च्यासल र एपीएफ दोस्रो खेलमा दिउँसो ३ बजे आमने सामने हुनेछन् ।