स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जित्यो

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौँ  -  रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । गएराति शहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियलले सुपरकपको उपाधि हात पारेको हो । सर्जियो रामोसको गोलसंगै रियल पेनाल्टी सुटआउटमा ४–१ ले विजयी बन्यो ।

निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो । एट्लेटिको मड्रिडका औल निगुएज र थोमस मार्टे पेनाल्टीमा चुकेका थिए ।

रियलले १० खेलाडीमा सिमिति रहेर खेलको अन्त्य गरेको थियो । रियलले ११ औ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो ।  प्रतियोगिता नयाँ ढाँचामा खेलाईएको थियो । स्पेनिस लिगको शीर्ष दुई टिम र कोपा डेल रेका फाईनल खेलेका दुई टिमलाई सुपरकपमा समावेश गरिएको हो ।