शेर्पा खानाको परिकार चाख्‍न मन छ ? ३ र ४ गते हायत चौर जानुहोस्

शेर्पा खानाको परिकार चाख्‍न  मन छ ?  ३ र ४ गते हायत चौर  जानुहोस्

काठमाडौँ - काठमाडौंमा बसोबास गर्दौ आउनु भएका शेर्पा समुदायलाई लक्षित गरी शेर्पा फुड फेस्टिभल’ माघ ३ र ४ गते अर्थात जनवरी १७ र १८ मा आयोजना हुने भएको छ ।

म्याक्स इभेन्ट अर्गनाइजरले बार्षिक रुपमा आयोजना गर्दै आएको सो कार्यक्रममा शेर्पा समुदायको खाना परिकार, सांस्कृतिक प्रस्तुत र सांगीतिक प्रस्तुती रहने म्याक्स इभेन्ट अर्गनाइजनक अध्यक्ष डिजे ङवाङ शेर्पाले जानकारी दिनु भयो ।   चुच्चेपाटी स्थित हायत मैदानमा हुने कार्यक्रममा यस बर्ष चर्चित र्यापर ‘भिटेन’, भ्वाईसअफ नेपाल सिजन २ का टप ८ याङ्की ह्योल्मोको प्रस्तुत रहने आयोजक संस्थाले बताउनु भयो ।  साथमा चर्चित गायक गम्बु शेर्पाको विशेष प्रस्तुती रहने छन् । 

कार्यक्रमको आकर्षणका रुपमा गायिका मिङ्स  लामा तथा  गायकहरु छेवाङ लामा, दावा के शेर्पा, गोम्पो शेर्पा, ल्हमु शेर्पा, दावादिन शेर्पा, साङ्गे शेर्पा, कुसाङ शेर्पाको प्रस्तुती देख्न सकिन्छ । त्यस्तै डिजे ङावाङ, डिजे सोनामले समेत डिजेसेन रहने आयोजक संस्थाका अध्यक्ष शेर्पाले योहो खबरडटकमलाई  बताउनु भयो । 

उहाँले भन्नु भयो शेर्पा संस्कृतिका बारेमा बुझ्न, नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न यस कार्यक्रमले सहायो गर्ने विश्वा लिएको छु । सो कार्यक्रममा शेर्पा परिकारका लागि ‘स्टलहरु बुकिङ’ खुल्ला गरिएको  समेत आयोजकले जानकारी दिनु भयो ।