ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ  - सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ । ललितपुरे डर्बीमा थ्री स्टार र फ्रेन्ड्स तथा अर्को खेलमा सरस्वती र ब्रिगेड ब्वाईज भिड्दैछन् ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिनको पहिलो खेलमा थ्री स्टार र फ्रेन्ड्स मैदान उत्रनेछन् । दशरथ रंगशालामा हुने खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा पुछारमा रहेको टिम सरस्वती र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । सरस्वती लिगमा पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । ब्रिगेड भने नयाँ विदेशी खेलाडी आईतबारको खेलमा उतार्ने योजनामा छ ।