मिस्टर एण्ड मिस टिन शेर्पाको ग्राण्ड फिनाले बुधबार हुँदै

मिस्टर एण्ड मिस टिन शेर्पाको ग्राण्ड फिनाले बुधबार हुँदै

काठमाडौँ – मिस्टर एण्ड मिस टिन शेर्पा २०२० प्रतियोगिताको ग्राण्ड फिनाले बुधबार  (माघ १ )गते हुने भएको छ । 

काठमाडौँको प्रज्ञा भवनमा हुने फाइनल प्रतियोगितामा १९ जना प्रतियोगीहरुको सहाभगिता रहने छ ।  प्रतियोगीतमा ७ किशोर र १२ किशोरीले मिस्टर एण्ड मिस टिन शेर्पाको उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । 

गौतमा बुद्ध फिल्मीस प्रा.लि. द्धारा शेर्पा समुदायका किशोर किशोरीहरुको प्रतिभालाई उजार्गर गर्न प्रतियोगिता आयोजना गरिएको अध्यक्ष  छिरिङ डोमा शेर्पाले जानकारी दिनुभयो ।

उहाँले शेर्पा समुदायको व्यक्तित्व विकास तथा भाषा, कला साँस्कृतिलाई संरक्षण गर्न समेत यस्ता प्रतियोगिताले सहायो गर्ने विश्वा लिएको बताउनु भयो । उहाँले भन्नु भयो शेर्पा समुदायको किशोर र  किशोरीहरुमा भएको  खुबीलाई प्रस्फुटन गराउन र आत्मबल बढाउन यस प्रतियोगिताले सहायो गर्ने विश्वा लिएको छु ।