इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटनह्यामलाई उछिन्दै शेफिल्ड युनाइटेड पाँचौँ स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटनह्यामलाई उछिन्दै शेफिल्ड युनाइटेड पाँचौँ स्थानमा

काठमाडौँ  -  इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा जित निकाल्दै शेफिल्ड युनाइटेड पाँचौँ स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले वेष्टह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । शेफिल्डका लागि ओली म्याकबर्नीले ५३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितपछि शेफिल्ड युनाइटेड म्यानचेस्टर युनाइटेड र टोटनह्यामलाई पछि पारेर पाँचौँ स्थानमा उक्लिएको हो ।

उसको २२ खेलबाट ३२ अंक भएको छ । म्यानचेस्टर युनाइटेडको २१ खेलबाट ३१ तथा टोटनह्यामको २१ खेलबाट ३० अंक रहेको छ । पराजित भएको वेष्टह्याम युनाइटेड २१ खेलबाट २२ अंकसहित १६ औँ स्थानमा छ ।