च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले गोल गर्न असफल

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले  गोल गर्न असफल

काठमाडौँ - च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले निराशाजनक बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले स्लाभिया प्रागसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । बार्सिलोना घरेलु मैदानमा ४६ औ खेलमा पहिलो पटक गोल गर्न असफल भएको हो ।

च्याम्पियन्स लिग फुटबलमा सन् २०१२ पछि घरेलु मैदानमा लियोनल मेस्सीले गोल गर्न र गोलको अवसर समेत जुटाउन पहिलो पटक असफल भएका हुन् । बार्सिलोनाका करिब आधा दर्जन प्रहार असफल भएका थिए । समूह एफको शीर्ष स्थानमा रहेको बार्साले पुछारको क्लब स्लाभिया प्रागसंग बराबरी खेलेको हो । 

उता, साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरण नजिक पुगेको छ । मंगलबार राति भएको खेलमा केआरसी जेन्कलाई २–१ पराजित गर्दै लिभपुरल अघिल्लो चरण नजिक पुगेको हो । लिभरपुललाई जित दिलाउन जर्जिन्हो विजनाल्डम र एलेक्स अक्सलेड चेम्बरलिनले एक एक गोल गरेका थिए ।