टी ट्वान्टी विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक

टी ट्वान्टी विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक

काठमाडौँ  - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक । उद्घाटन खेलमा श्रीलंकाले आयरल्याण्डको सामना गर्ने । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ ।

सन् २ हजार २० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अस्ट्रेलियामा आयोजना हुने विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दैछन् । आईसीसीको वरियतमा शीर्ष १० स्थानमा रहेका टिम छन् भने बाँकी ६ टिम यसै वर्ष भएको क्वालीफायर चरण पार गरेर छनोट भएका हुन् । 

टी ट्वान्टी विश्वकपमा समूह ए मा श्रीलंकासंगै साथमा पपुआ न्यू गिनी, आयरल्याण्ड र ओमान रहेका छन् । समूह बी मा बंगलादेश, नेदरल्याण्ड्स, नामिबिया र स्कटल्याण्ड रहेका छन् । यी दुई समूहका शीर्ष २–२ टिम सुपर १२ का लागि छनोट हुनेछन् । 

सुपर १२ मा ६–६ टिम रहने छन् । पहिलो समूहमा पाकिस्तान, अस्ट्रेलिया, न्यूजिल्याण्ड र वेस्टइण्डिजका साथै समूह ए को पहिलो र समूह बीको शीर्ष दोस्रो टिम रहने छ । दोस्रो समूहमा भारत, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तानका साथै समूह बीको पहिलो र समूह ए को दोस्रो टिम रहनेछन् । टी ट्वान्टी विश्वकपको उद्घाटन खेलमा श्रीलंकाको सामाना आयरल्याण्डसँग हुनेछ । विश्वकपको फाइनल नोभेम्बर १५ मा मेलवर्नमा हुनेछ ।