छठ पर्वको रौनक

छठ पर्वको रौनक

काठमाडौँ - पर्वहरु मनाउने क्रममा दशैँ तिहार पछिको महान पर्व छठ पर्व मनाइदैछ । ‘छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। यो पर्व नेपालको तराई विशेष गरी धुमधामका साथ मनाउने गरिन्छ ।

यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । राजधानिमा पनि दुई दशकदेखि छठ पर्वको रौनक बढ्न थालेको छ । 

यस पर्वमा मुस्लिम समुदायका व्यक्तिले पनि सहभागी हुन्छ र यो पर्व बिधिवत् मनाउँछन् । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यो पर्व तराईमा विशेष मनाउने भएतापनि नेपालको विभिन्न क्षेत्रमा मनाउने गरिन्छ । भनिन्छ नी सामाजिक सद्भाव र प्रेम हेर्नु छ, भने छठ घाटमा जानुस्, त्यहाँ न कसैले जाति सोध्छ न कसैले धर्म सोध्छ । सबैले एक भाव एक चित्तले मनाउँछन्, छठ पर्व । । यस पर्वलाई सामाजिक सद्धभावको पर्व पनि भनिन्छ ।

हाम्रो समाजमा विभिन्न जातजाति, भेषभुषा, छुवाछुत, धनि गरिव मानिसबिच भेदभाव अवस्था यथावत् रहेको पाउन सकिन्छ । छठ पर्वले मानव र प्रकृतिविचको सम्बन्धलाई सम्बन्धलाई झन् प्रगाढ बनाउँदै आइरहेको छ । छठ पर्वले नै समाजमा रहेको विकृति जस्तो कुरौतीको बाध परापूर्वकाल देखि नै  तोडेको पाउन सकिन्छ । हामिले यस्ता पर्वहरु हामि नेपालीहरुलाई एकताको सुत्रमा बाध्न टेवा पुु¥याएको छ । त्यसैले हामिले नयाँ पिढिलाई हस्तान्तरण गरी संरक्षण गर्न आवश्यक देखिन्छ ।