सगरमाथाको ‘समदृष्टि’ स्मारिकाको विमोचन

सगरमाथाको ‘समदृष्टि’ स्मारिकाको विमोचन

काठमाडौँ- ‘समदृष्टि’ स्मारिकाको विमोचन गरिएको छ । सगरमाथा प्रतिभा प्रतिष्ठानले प्रकाशन गरेको समदृष्टिको शनिबार काठमाडौंमा विमोचन गरिएको हो । 

संस्कृतिविद् विष्णु विभु, राजनीतिक विश्लेषक सुरेन्द्र केसी, अधिकारकर्मी डा. सावित्री मल्ल, प्रतिष्ठानकी अध्यक्ष रेनुका सोलुले ‘समदृष्टि’ को विमोचन गर्नु भएको हो । 

समदृष्टिमा १६ वटा विषयमा आलेखहरु समावेश गरिएको छ । राजनीतिक आर्थिक सामाजिक, स्वास्थ्य, कला साहित्यका विषयमा लेख तथा रचानाहरु समावेश गरिएको छ । 

विषयविज्ञ व्यक्तिहरुको लेखका कारण समदृष्टी स्मारिकाप्रति पाठकहरुको ध्यान तानेको छ । ‘देशको समृद्धिका लागि विचार, गोष्ठी, अन्तरक्रिया गर्दै आएकमा छौं,’ अध्यक्ष सोलुले भनिन्, यसैको निरन्तरता समदृष्टि हो ।’ 

समदृष्टिमा देशको हरेक विषयमा विज्ञहरुको लेख रचना पढ्न सकिने उनले बताइन् । समदृष्टिमा डा. सुरेन्द्र केसी, डा. विद्यानाथ कोइरा, वरिष्ठ उद्योगी व्यवसायी प्रकाशसिंह कार्की, डा. ऋषिराम शर्मा ,वरिष्ठ पत्रकार डा. सूरेश आर्चाय, प्रतिक ढकाल, बबिता बस्नेत, वेदराज ढकाल, मदन पौडेल, डा.राजेन्द्र बस्नेतलगायतका लेख रचना पढ्न सकिने छ । 

कार्यक्रममा बोल्दै वक्ताहरुले समदृष्टी पुस्तक रिसर्चका लागि समेत विद्यार्थीहरुले माध्यमको रुपमा विकास गर्न सक्ने वताएका छन् । 

विभिन्न चाडपर्वको अवसर पारेर शुभकामना आदानप्रदान सहित स्मारिका विमोचन कार्यक्रम राखिएको सस्थाका महासचिव केशवदेव गिरीले जानकारी दिनुभयो ।