डीपी दाहालको म रोएको पल सार्वजनिक (भिडियोसहित)

काठमाडौँ - नेपाली आधुनिक गीत–संगीतमा यथार्थवादी गीतकारको पहिचान कायम गर्दैआएका गीतकार डीपी दाहाल परिश्रमीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतले मन मिल्दा संगै बाच्ने र मर्ने कसम खाएका प्रेमीहरु मन नमिले पछि कसरी बदलिन्छन् भन्ने यथार्थ चित्रण गरेको छ । गीतमा डी पी दाहाल परीश्रर्मी को गीत रचना, राजेश कैदीको संगीत र सुमन केसीको स्वर रहेको छ । 

म रोएको पल बोलको गीतको म्युजिक भिडियो डीपी दाहाल परिश्रमी युट्युब च्यानलवाट विश्वव्यापी मंसीर १३ गते शुक्रवारवाट रिलिज भएको हो । डिलाइटेट म्युजिक कम्पनीले उत्पादन गरेको हो । राजेश कैदीको संगीत र सुमन केसीको गायन रहेको यस गीतको भिडियोमा एसराज, फिजा योञ्जन, सुदीप भट्टराई लगायत गीतकार डीपी दाहाल परिश्रमीले पनि विशेष भूमिकामा निर्णायक अभिनय गरेका छन् ।

नेपाली चलचित्रका अग्रज नृत्य–निर्देशक कमल राईको निर्देशनमा तयार भएको यस भिडियो चलचित्रको गीत जस्तै गजब बनेको छ । नेपाली चलचित्रकै अग्रज छायाँकार शिव ढकालको छायाँकन रहेको यस भिडियो मार्मिक तथा यथार्थपरक रहेको छ ।