प्रियारानी बनिन् मिस कस्मोपोलिटन वर्ल्ड

प्रियारानी बनिन् मिस कस्मोपोलिटन वर्ल्ड

काठमाडौँ -  मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को ताज २८ बर्षीया प्रियारानी लामाले पहिरिन सफल भएकी छिन् । मलेसियाको क्वालालम्पुरमा शुक्रबार अक्टोबर २५ अर्थात् कार्तिक ८ गते आयोजना भएको मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को ग्राण्ड फिनालेका लागि नेपालका प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा भाग लिएकी लामाले ३१ अन्य देशका प्रतिस्प्रधीहरुलाई पछि पार्दै मिस कस्मोपोलिटन वर्ल्ड जितेकी छिन् ।

बिजेता प्रियारानी लामालाई गत वर्षकि बिजेता कोरियाकी सोयेन लिमले ताज पहिराई दिएकी थीइन् । प्रिया मुख्य उपाधि संगै बेस्ट नेसनल कस्ट्युमको टाइटल बिजेता र बेस्ट ट्यालेन्ट को फर्स्ट रनरअप बिजेता समेत बनिन्। मिस कस्मोपोलिटन वर्ल्ड २०१९को पाचौ संस्करणमा प्रियाले सौन्दर्य, व्यक्तित्व, बौद्धिकता, प्रश्न उत्तर र प्रतिभामा उत्कृस्ट अंक प्राप्त गर्दै बिजियी भएकी हुन् ।

मिस कस्मोपोलिटन वर्ल्ड २०१९ मा मलेसियाकि क्रिस्टिन चाइ छिन फर्स्ट रनरअप , नेदर ल्याण्डकि मृत बिट्स सेकेन्ड रनरअप , फिलिपिन्सकि क्लारिसा इसिद्रो थर्ड रनर अप र रसिया कि इकाटेरिना भेनि बर्गर फ्रोथ रनर अप घोसित भएका थिए । वीरेन्द्र मेमोरियल कलेजबाट माइक्रो बाइलोजीमा स्नातक २८ बर्षीया प्रियारानी लामा मिस पूर्वाञ्चल २०१० का फस्ट रनर अप उपाधि विजेता रहिसकेकी छिन् ।  भने २०११ देखि मिस पूर्वाञ्चलको कोरियोग्राफरको रुपमा कार्यरत छिन् ।