डा. केसीले स्थगित गरे अनसन

डा. केसीले स्थगित गरे अनसन

काठमाडौँ - डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । केसीले सातबुँदे माग राख्दै कात्तिक १७ गते डडेल्धुरामा १७ औं अनशन सुरु गरेका थिए । 

देशमा सीमा विवादको मुद्दा चर्किएको भन्दै डा. केसीले मंगलबार अनसन बसेको नवौ दिनमा स्थगित गरेका हुन् ।  ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभर आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई गम्भीरतालाई ख्याल गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ डा. केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अनसनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल भर्ना गरिएको छ ।  आईसीयू लगायतका सुविधा नरहेको भन्दै डेडल्धुरा अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरेको थियो ।