रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित

काठमाडौँ  - युवा स्टार रोड्रिग्वकोको ह्याट्रिक र करिम बेन्जिमाको दुई गोलमा रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा रियल मड्रिडले टर्किस क्लब गलातासारेलाई ६–० गोल अन्तरले हराएको हो । खेलको अग्रता रियलले चौथो मिनेटमा रोड्रिग्वको गोलबाट लिएको थियो । सातौ मिनेटमा उनैले रियलको अग्रता दोब्बर बनाएका थिए । सर्जियो रामोले १४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई ३–० ले अघि बढाएका थिए ।

करिम बेन्जिमाले ४५ औ मिनेटमा गोल गर्दै पहिलो हाफमा रियललाई ४–० ले अघि बढाएका थिए । बेन्जिमाले ८१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई फराकिलो जिततर्फ डोर्याएका थिए । ईन्जुरी समयमा रोड्रिग्वेले गोल गर्दै ह्याट्रिक पुरा गरे । समूह एमा रहेको रियलले ४ खेलबाट ७ अंक जोड्यो । रियललाई नकआउट चरणमा छनोट हुन मात्र २ अंक आवश्यक छ । हारसंगै टर्किस क्लब गलातासारे प्रतियोगिताबाट बाहिरिएको छ ।