नेपाली फुटबल टिमले आज म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दै

नेपाली फुटबल टिमले आज म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौँ  - नेपाली फुटबल टिमले आज म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । फिफा विश्वकप फुटबलको छनोट खेलिरहेको नेपाली फुटबल टिमले आज म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । सन् २०२२ मा कतार विश्वकपको छनोट अन्तर्गत अब नेपालले घरेलु मैदानमा खेल्न बाँकी छ ।

नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल मन्डला थिरी स्टेडियमा हुनेछ । खेल नेपाली समय अनुसार आज दिउँसो सवा ४ बजे शुरुहुने छ । नेपाल र म्यानमार अहिलेसम्म एक पटक मात्र सँगै खेलेका छन्  ।