कोरोना विशेष

विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था


काठमाडौँ –विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाडौँ उपत्यकामा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने व्यवस्था मिलाइएको छ । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार,काठमाडौंको सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टर पनि स्थायी खोप केन्द्र बनेको छ । अब विभिन्न समयमा लक्षित समूहले स्वास्थ्य कार्यालयले तोके बमोजिम राधास्वामी आइसोलेसन सेन्टरमा गएर खोप लगाउन सक्नेछन् ।


विदेश जनाका जानका लागि कतिपय देशले खोप अनिवार्य लगाएको हुनुपर्ने भन्दै मापदण्ड जारी गरेपछि सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था गरेको हो ।