विधिमैत्री सेवामा जोड दिनुपर्छः प्रहरी नायब महानिरीक्षक अधिकारी
नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माणअन्तर्गत रु एक करोड आठ लाख ३५ हजार ९१६ को लागतमा निर्माण भएको उक्त दुईतले भवनमा भान्साघर, बाथरुम र शौचालयसहित प्रतिक्षालय, पार्किङस्थल र गार्डपोष्ट पनि निर्माण भएको छ ।
प्रदेश नं ५ मा पूर्वाधार विकास कार्यालय स्थापना
दाङमा प्रदेश नं ५ ले पूर्वाधार विकास कार्यालयको स्थापना गरेको छ । गत मङ्सिर २ गते कार्यालय स्थापना भएसँगै प्रदेशको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास नाम दिएर बजेट समेत विनियोजन गरेको छ ।
कमलरी मुक्त गर्न आग्रह
तराईका पाँच जिल्लामा घरेलु कामदारका रूपमा बसेका ७९ कमलरीलाई मुक्त गर्न सम्बद्ध व्यक्तिहरूले आग्रह गरेका छन् ।
कानून र योजना निर्माणनै यो वर्षको मुख्य काम : मुख्यमन्त्री पोखरेल
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यो वर्ष आधारभूत कानून निर्माण र आवधिक योजना निर्माणको कामलाई महत्वपूर्ण कामको रूपमा अगाडि बढाएको बताउनुभएको छ ।
लुम्बिनीमा पक्षी महोत्सव शुरु पाहुना चराको स्वागत गरिरने
बुद्ध जन्मस्थलमा आउने पाहुना चराहरूको स्वागत गर्ने उद्देश्यले लुम्बिनीमा आज पक्षी महोत्सव शुरु भएको छ । ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलोपटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा लोपोन्मुख सारसलाई नगर पक्षी घोषणा गर्ने कार्यक्रम छ ।