प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आगामी हिउँदे अधिवेशनमा प्रदेशको प्रहरी ऐन बनाइने बताउनुभएको छ ।
वैदेशिक प्राविधिक ज्ञानका लागि लगानी प्राधिकरण विधेयक आवश्यक– अध्यक्ष खड्का
प्रदेश नं १ अर्थ समितिद्वारा प्रदेशसभामा पेश गरिएको ‘सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ मा आवश्यक सुधारका लागि सरोकारवालासँग आज यहाँ छलफल कार्यक्रमको आयोजना गरियो ।
पत्रकारिता जगत नयाँ ढङ्गबाट चल्नुपर्छ : मुख्यमन्त्री
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको पत्रकारिता जगत मुलुकको परिवर्तित सन्दर्भमा नयाँ सोचका साथ चल्नुपर्ने धारणा राख्नुभएको छ ।
उदयपुरमा ठुलो परिणामको लागुऔषध सहिद एक पक्रउ
उदयपुरमा ठूलो परिमाणमा लागू औषध सहित एक युवा पक्राउ परेका छन । त्रियुगा नगरपालिका १३ असारीका अन्दाजी २३ वर्षिय मिलन खतिवडा ठूलो परिमाणको लागूऔषधसहित पक्राउ परेको हुन ।
प्रदेश नं १ सरकारका स्थापना भएको एक वर्ष
विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।
सिँचाइ नहुँदा तेह्रथुमका खेतीयोग्य जमीन बाँझो
सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमीन बाँझो छ । वर्षामा वर्षेनी उतारचढाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका थिएनन् । वर्षा याममा पर्याप्त पानी नपर्दा बाली सुकेर किसान मारमा परेका थिए । जिल्लाको ३० हजार ६८१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीन बाँझै रहेको प्राप्त तथ्याङ्कमा उल्लेख छ ।