मनोरञ्जन

सोनाम र मौसमीको अभिनयमा ‘तिमीलाई माया’ सार्वजनिक


काठमाडौँ – सोनाम शेर्पा र मौसमी गुरुङको अभिनय रहेको ‘तिमीलाई माया’बोलको गीतको म्युजिक भिडियो सार्वजनिकभएको छ ।
गायक उत्तम मगरको स्वर रहेको गीतमा देवेन्द्र पुनको शब्द रहेको छ भने देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । प्रेमकथामा आधारित गीतमा उत्तम मगरको स्वर सुन्न सकिन्छ । भिडियोको निर्देशन तथा सम्पादन विजेश पौडेलले गरेका हुन् ।

म्युजिक भिडियोमा सोनाम शेर्पा मौसमी गुरुङ (डार्क एन्जल) र रजनी राईको अभिनयरहेको छ ।
गीत र भिडियोलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेका सोनाम शेर्पाले सुनाए ।


म्युजिक भिडियोको छायाङ्कन दक्षिण कोरियाको उत्कृष्ट पर्यटकिय स्थल र विभिन्न रमणीय स्थानमा गरिएको छ ।
म्युजिक भिडियो डेमो क्रियशनमार्फत शनिबारदेखि बजारमा आएको सोनाम शेर्पाले बताउनुभयो ।