Breaking

सुनको मूल्य तोलामा ७ सयले बढ्यो


काठमाडौँ — नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको प्रतितोला मूल्य ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो साता सुरुवाती दिनमा केही घटेको सुनको मूल्य अन्तिम तिर भने बढ्न थालेको थियो । आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार २७० रुपैयाँ रहेको छ । शुक्रबार आइतबारकै मूल्यमा चाँदीको कारोबार भएको थियो ।