अटो

सहुलियत दिन नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति (भिडियोसहित)


काठमाडौँ — आज आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको कार्यक्रमा अर्थमन्त्री त्यस्तै केन्द्रीय बैंकका गभर्नर देखि निजी क्षेत्रका प्रतिनिधि हरु एकै मन्चमा भेला भए । कार्यक्रममा आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारीका विषयमा चर्चा भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । बुधबार आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी तथा आर्थिक जर्नल अर्थचित्र विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको साथ चाहिने बताए । अर्थमन्त्री शर्माले नीजि क्षेत्रका केहि ब्याबसायी आफ्नो स्वार्थमा लागे पनि आम नीजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको बताए । उनले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकोले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको स्वीकार समेत गरे ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकोले अहिले बजारमा तरलताको अभाव नभएको बताए । गभर्नर अधिकारीले अहिले बजारमा भइरहेको तरलताको विषयमा सीसीडी र तरलतालाई तुलना गर्न नहुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको तर्फबाट उपयुक्त साहयता प्याकेज आउन नसकेको गुनासो गरे । उनले कोरोेना महामारीको कारण थला परेका पर्यटन, संचार, साना तथा मझौला उद्यम व्यवसाय तथा बैंकिङ क्षेत्र अझै समस्याग्रस्त रहेकाले साना उद्योगको लागि विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको धारणा राखे ।

अध्यक्ष गोल्छाले नेपालमा पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सहयोग लिनु पर्ने समेत बताएका छन । उनले एमसीसी सहयोग लिँदा नेपाललाई कुनै असर नपर्ने समेत बताए ।