Breaking

सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण गठबन्धनको बैठकबाट हुन्छ : मुख्यमन्त्री पाण्डे


काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको बैठकबाट हुनु बताएका छन् । बागमती प्रदेशमा सरकार परिवर्तनको कसरत सुरु भएसँगै मुख्यमन्त्री पाण्डेले सो प्रतिक्रिया दिएका हुन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै मुख्यमन्त्री पाण्डेले गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुने समेत उनले बताएका छन् । उनले भनेका छन् । बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रिय बैठकबाट हुनेछ। गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन् ।

बागमती प्रदेशमा अहिले सरकार परिवर्तनको कसरत सुरु भएको छ । सत्तारुढ गठबन्धनका दलहरु बीच पूर्वसहमति अनुसार सरकारको नेतृत्व फेर्न कसरत सुरु भएको हो । गत कात्तिक ११ गते गठबन्धनबाट सत्तारोहण गरेका नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डे र नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबीच आधा आधा समय सरकारको नेतृत्व गर्ने सहमती भएको थियो । उक्त सहमति कार्यान्वयन गर्नतर्फ मुख्यमन्त्री पाण्डे सकारात्मक नदेखिएपछि गठबन्धनभित्रै सत्ता संघर्ष सुरु भएको हो ।