Breaking

सकियो उपेन्द्र–बाबुरामको सम्बन्ध,समजदारी नै गरेर छुट्टिए,अब कुन पार्टीमा ?


काठमाडौँ — विगत लामो समयदेखि पार्टीको आन्तरिक किचलोमा अल्झिएको जनता समाजवादी पार्टी वारपारको अवस्थामा पुगेको छ । अध्यक्षद्धय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच सहमतिमै छुट्ने समझदारी भएसँगै जसपमाा विभाजन निश्चित बनेको छ । लामो समयदेखि पार्टीभित्रको आन्तरिक विवाद डाकछोप गर्दै आएको जनता समाजवादी पार्टीको विवाद अन्तत छताछुल्ल भएको छ । अधिकार बाँडफाँडका सवालमा अध्यक्षद्धय उपेन्द्र यादव र बाबुराम भट्टराईबीचको टकराव र बढ्दो तितका कारण पार्टी फुटको नजिक पुगेको हो ।

पेलेरै जाने यादवको रणनीति र दविएर बस्न नचाहने भट्टराईको स्वभावका कारण पार्टी वारपारको अवस्थामा पुगेको हो । बुधबार दुई नेताबीच वान टु वान वार्ता पछि भद्र सहमति नै गरेर यादव र भट्टराईले फरक बाटो रोज्ने भएका छन् । वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै एकिकरण पछि बनेको जनता समाजवादी पार्टी अहिले अध्यक्षद्धयको अन्तरद्धन्दका कारण छिन्नभिन्न उन्मुख छ ।


मधेस आन्दोलनबाट उदाएका उपेन्द्र यादव र माओवादी जनयुद्धबाट स्थापित भएका डा बाबुराम भट्टराईले २०७७ वैशाखमा गैर कम्युनिस्ट ‘समाजवादी पार्टी नेपाल’ पार्टी घोषणा गरेका थिए । संघियता,सुशासन,समृद्धि र समाजवादीको नारा सहित सुरु भएको उनीहरुको सहयात्रा २ वर्ष पनि टिक्न सकेन । स्वार्थ मिलेसम्म मिल्ने नत्र छुट्टिने प्रवृत्ति नेपाली राजनीतिक दलहरुको पुरानै रोग बनेको छ ।

सत्ता र स्वार्थकै लागि जुट र फुट नेपाली राजनीतिक दलको विशेषता नै बनेको छ । सत्ता र स्वार्थ मिले राजनीतिक दल जुनसुकै बेला जोकोहिसँग मिल्न पछि पर्दैनन् । विचार र सिद्धान्त नमिले पनि सत्ता स्वार्थ मिलेकै कारण पार्टी एकिकरण भएका कयौ उदाहरण छन् । यो रोग पुरानो राजनीतिक दलहरुमा त छँदै छ आफुलाई वैकल्पिक शतिm भन्ने दलहरु अझ अग्र भागमा छन ।मुलुकको व्यवस्था परिवर्तन भयो,नेताहरुको जीवनशैली परिवर्तन भए तर नागरिकको दु.ख र जनजीविका भने ज्यूका त्यू छन्। तर राजनीतिक दलहरु भने यी र यस्ता मुद्दालाई बेवास्ता गर्दै सत्ता स्वार्थमै रमाइरहेका छन् ।