खेलकुद

शेर्पा सञ्चारले पहिलोपटक हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै


काठमाडौँ – शेर्पा सञ्चार समूह नेपालले पहिलो पटक खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि कार्तिक १३ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका– ४ स्थित राष्ट्रि शाहिद तथा निजामती पार्कमा शेर्पा सञ्चार समूह नेपालले म्याराथन प्रतियोगिता सञ्चालन गर्ने लागेको हो ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न र वर्षको एकदिन शहरकै उत्सवको रुपमा प्रतियोगितालाई स्थापित गराउने उद्देश्यले “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद“ भन्ने नाराका साथ २१ किलोमिटरको हाफ म्याराथन आयोजना गर्न लागिएको संस्थाका महासचिव डोल्मा शेर्पाले योहो खबरलाई जनाकारी दिनुभयो ।

खुल्ला हाफ म्याराथन (२१ किलोमिटर दौड प्रतियोगिता)मा तीनवटा विधा समावेश गरिएको छ । म्याराथन प्रतियोगिता खल्ला पुरुष प्रतियोगिता तर्फ १६ वर्ष उमेर समुहदेखि ३५ वर्षसम्मका प्रतियोगिता सहभागी हुने पाउनेछन् । खुल्ला महिला म्याराथन प्रतियोगिता तर्फ १६ वर्ष उमेर समूहदेखि ३५ वर्ष उमेर समूहसम्मका प्रतियोगिले सहभागी हुन पाउनेछन् । त्यस्तै ३५ वर्ष उमेर समुहमाथीको सबै उमेर समूहका पुरुषले समेत प्रतियोगीतामा भाग लिन पाइने संस्थाका महासचिव शेर्पाले जनाकारी दिनुभयो ।

सञ्चारका अध्यक्ष पासाङ शेर्पाले सञ्चार माध्यमले सबै क्षेत्रलाई समेटदै वृद्धि र विकासको लागि उत्तिकै तत्परता देखाउनु पर्ने भएको हुँदा यस संस्थाले शेर्पा समुदायकलाई पनि खेलकुदमा जागरुक गर्ने उद्देश्यले खेलखुदको माध्यमबाट आपसी सद्भाव सहिष्णुता कायम गर्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागरका साथै खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उदेश्यकले हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।


म्याराथनमा खुल्ला पुरुषतर्फ प्रथम हुनेले नगद १२ हजार, दोश्रोले ८ हजार, तेश्रोले ५ हजार हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम हुनेले १२ हजार, द्वितियले ८ हजार, तृतियले ५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै ३५ वर्ष उमेर समूहमाथीका पुरुषतर्फ विजेताले नगद १२ हजार शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनेले ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका महासचिव शेर्पाले जानकारी दिनुभयो ।

आयोजक अनुसार प्रतियोगितमा भाग लिने खेलाडीले कार्तिक ८ गतेसम्म नाम दर्ता गर्न सकिनेछ । शेर्पा संञ्चार समूह नेपालले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत नियमित रुपमा समाचार लेखन तालिम, फोटो पत्रकारिता, उद्घोषणलगायत सञ्चारसँग सम्बन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ ।

शेर्पा समुदायमा सञ्चार माध्यमको महत्व र आवश्यक्ताका विषयमा सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएकोछ । । संस्थाले विशेष गरी मूलधारका मिडियामा शेर्पा समुदायको उपस्थिती बढाउन विभिन्न तालिमहरु आयोजना गर्दै आएको छ ।

प्रतियोगिताबारे अन्य विस्तृत जानकारीका लागि :

सूचना सूचना सूचना
महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता २०७८
शेर्पा सञ्चार समूह नेपालले बिगतको दिनमा भाषा संस्कृतिको जगेर्ना गर्नका निमित्त विभिन्न कार्यक्रम गर्दै आइरहेको र अहिले पनि निरन्तर रहेकोे यहाँहरुको माझ आवगत नै छ ।
सञ्चार माध्यमले सबै क्षेत्रलाई समेटदै वृद्धि र विकासको लागि उत्तिकै तत्परता देखाउनु पर्ने भएको हुँदा यस संस्थाले शेर्पा समुदायकलाई पनि खेलकुदमा जागरुक गर्ने उद्देश्यले “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ खेलखुदको माध्यमबाट आपसी सद्भाव सहिष्णुता कायम गर्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर साथै खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उदेश्यक साथ २१ कि.मिको हाफ म्याराथन प्रतियोगिता मिति २०७८ कार्तिक १३ गते शनिबारको दिन आयोजना गरिएको हुँदा तपशिल बमोजिम सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौँ ।
(१) कार्यक्रम विवरण : मिति २०७८ कार्तिक १३ गते शनिबार
प्रतियोगिता हुने स्थान : गोकर्णेश्वर नगरपालिकाको राष्ट्रिय शाहीद तथा निजामती पार्क
(२) खेलको नियमहरु :
१. म्याराथन प्रतियोगिता ३ भागमा विभाजन गरिनेछ ।
क. खुल्ला पुरुष प्रतियोगिता तर्फ १६ वर्ष उमेर समुहदेखि ३५ वर्षसम्मका प्रतियोगिता भाग लिन पाइनेछ ।
ख. खुल्ला महिला म्याराथन प्रतियोगिता तर्फ १६ वर्ष उमेर समूहदेखि ३५ वर्ष उमेर समूहसम्मका प्रतियोगिले भाग लिन पाइनेछ ।
ग . पुनः पुरुषतर्फ ३५ वर्ष उमेर समुहदेखि माथीको सबै उमेर समुहका प्रतियोगिले भाग लिन पाइनेछ ।
२. प्रतियोगितामा कुनै पनि विभागीय खेलाडीले भाग लिन पाइने छैन ।
३. म्याराथन दौडको क्रममा कुनै प्रतियोगी गाइते भएमा आयोजक जिम्मेवार हुने छैन ।
४. प्रतियोगितामा भाग लिन २०७८ कार्तिक ८ गते भित्र नाम दर्ता गरिसक्नु पर्नेछ ।
५. म्याराथन प्रतियोगितामा सबै समुदायले भाग लिन पाइनेछ ।
६. नाम दर्ता शुल्क ६००/
७. म्याराथनमा भाग लिने प्रतियोगिले आफ्नो नाम दर्ता गराउँदा १ प्रति फोटोसहित नागरिकको फोटोकपि बुझाउनुपर्ने छ ।
(३) पुरस्कार :
क. खुल्ला पुरुषतर्फ :
१.प्रथम पुरस्कार नगद रु. १२०००/ शिल्ड, मेडल र प्रमाणपत्र
२. द्वितीय पुरस्कार नगद रु. ८०००/ शिल्ड, मेडल र प्रमाणपत्र
३. तृतीय पुरस्कार नगद रु. ५०००/ शिल्ड, मेडल र प्रमाणपत्र
ख. खुल्ला महिलातर्फ :
१.प्रथम पुरस्कार नगद रु. १२०००/ शिल्ड, मेडल र प्रमाणपत्र
२. द्वितीय पुरस्कार नगद रु. ८०००/ शिल्ड, मेडल र
३. तृतीय पुरस्कार नगद रु. ५०००/ शिल्ड, मेडल र प्रमाणपत्र
ग. ३५ वर्ष उमेर समुहमाथीका पुरुषतर्फ पुरस्कार :
१.प्रथम पुरस्कार नगद रु. १२०००/ शिल्ड, मेडल र प्रमाणपत्र
२. द्वितीय पुरस्कार नगद रु. ८०००/ शिल्ड, मेडल र प्रमाणपत्र
३. तृतीय पुरस्कार नगद रु. ५०००/ शिल्ड, मेडल र प्रमाणपत्र
(४) नाम दर्ता गर्नका लागि सम्पर्क नम्बर :
पासाङ शेर्पा : 9861206139
डोल्मा शेर्पा : 9869722164
ङिमा तेण्डी शेर्पा : 9842959971
ल्हमु शेर्पा : 9864667077
नोट :- प्रतियोगिलाई खाजा र पानीको व्यवस्था साथै टिसर्ट आयोजकले प्रदान गरिनेछ ।