Breaking

शेर्पा विद्यार्थी संघले पुरानो लुङदर व्यवस्थापन कार्यक्रम आयोजना गर्दै


काठमाडौँ — नेपाल शेर्पा विद्यार्थी संघले नयाँ वर्षको अवसारमा पुरानो लङदर र खादा व्यवस्थापन साथै नयाँ लुङतार अर्पन कार्यक्रम आयोजना गर्ने भएको छ ।

शेर्पा विद्यार्थी संघले नयाँ वर्ष २०७९ सालको अवसारमा बैशाख १ गते बौद्ध धर्मामवलम्बीहरुको धार्मिक, परम्परा र साँस्कृतिलाई जर्गेर्ना गर्दै धार्मिक स्थलहरुमा वातावरण स्वच्छ राख्ने उद्देश्यले ‘वातावरण सरसफाईसँगै हाम्रो धर्म, परम्परा र संकृतिको जगेर्ना‘ भन्ने मुल नाराका साथ पुरानो लुङदर र खादा व्यवस्थापन साथै नयाँ लुङदर अर्पन कार्यक्रम आयोजना गरिएको संस्थाका महासचिव पेम्बा शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार लुङदर लागउने कार्य धर्मिक र संस्कृतिक भएपनि पुरानो लुङदरलाई व्यवस्थापन गर्न नसक्दा समस्या निम्त्याउने भएको हुँदा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । बौद्ध परम्परामा लुङदर लगाउने कार्यलाई शुभकार्यको प्रतिकको रुपमा महत्वपूर्ण भनिन्छ ।

स्तुपा, गुम्बा वा बौद्धमार्गीको घर–आँगनमा रंगीचंगी झन्डा फहराइरहेको देखिन्छ । यो रंगीन आयतकार कपडाबाट तयार गरिन्छ, जो हिमालय एवं उच्च पहाडी भेगमा समेत सजाइएको पाइन्छ । झन्डामा ‘ओम मणि पद्य्मे हुँ’ लगायत बौद्ध धर्मका मन्त्रहरु अंकित हुन्छन् । मूलत यो पाँच रंगको हुने गर्छ । यी सबै रंगले भिन्न भिन्नै अर्थ बोकेको हुन्छ । लुङ्दर बौद्ध, गुम्बा र डाँडा पाखाहरुमा शुभ साइत हेरेर उचित विधि र प्रक्रिया पूरा गरि लामाद्वारा पूजापाठ गरि लगाउने वा अर्पण गर्ने गरिन्छ ।

खादा हटाउनुपर्छ भन्ने विषयमा बौद्ध धर्मामवलम्बीहरुले चर्को विरोध गरेको थियो । केही समयअघि कलाकार न्हयू बज्राचार्यले फोटो खिच्ने क्रममा लुङदर कुल्चिएको भिडियो सार्वजनिक भएपछि बौद्ध धर्मलम्बीहरुले सामाजिक संजालमा उनको चर्को आलोचना गरेका थिए ।

पछि कलाकार न्हयू बज्राचायूले सामाजिक संजालमार्फत माफीसमेत मागेको थियो । यस्तै कार्यको अन्त्य होस् भने उदेश्यले पुरानो लङदर र खादा व्यवस्थापन साथै नयाँ लुङदर अर्पन कार्यक्रम आयोजना गरिएको कार्यक्रममा संयोजक दावा याङजी शेर्पाले बताउनुभयो । शेर्पाले यस कार्यमा स्वयंसेवकको रुपमा सबैलाई उपस्थितिका लागि अग्रहसमेत गर्नुभयो ।

लुङदरको रंगको अर्थ र महत्व के छ ?

झन्डामा ‘ओम मणि पद्य्मे हुँ’ लगायत बौद्ध धर्मका मन्त्रहरु अंकित हुन्छन् । मूलत यो पाँच रंगको हुने गर्छ । यी सबै रंगले भिन्न भिन्नै अर्थ बोकेको हुन्छ ।

अहिले यस्ता झन्डा फेसनको रुपमा पनि छाएको छ । घरको ढोकामा, गाडीमा, मोटरसाइकलमा समेत यस्ता झन्डा सजाउन थालिएको छ । झट्ट हेर्दा निकै आकर्षक लाग्ने लुङदरको खास महत्व के छ रु किन गुम्बा, बौद्ध स्तुपा आदिमा यो फहराइन्छ रु

खासमा यो झन्डासँग धार्मिक आस्था जोडिएको छ । बौद्धमार्गीहरुले यस झन्डालाई शुभ प्रतिकको रुपमा लिन्छन् ।

हरेक रंगको अर्थ

लुङदरमा प्रयोग हुने रातो, हरियो, सेतो, पहेंलो र निलो रंगले केही न केही अर्थ दिन्छ । यसमा हरियो रंग पानी, रातो रंग आगो, सेतो र निलो रंग हावा र पहेंलो रंग धर्तीको प्रतिक हो । साथै यसले चारै दिशालाई पनि दर्शाउँछ । त्यसैगरी पञ्चबुद्धको प्रतिकको रुपमा समेत मानिन्छ । नीलोले अक्ष्ेभ्य बुद्ध, पहेंलोले रत्न संभव बुद्ध, रातोले अमिताभ बुद्ध, हरियोले अमोघ सिद्ध बुद्ध, सेतोले बेरोचना बुद्धको संकेत गर्छ ।

जमिनमा राख्न हुन्न

लुङदर एक पवित्र झन्डा हो । यसलाई जमिनमा राख्नुलाई अशुभ मानिन्छ । त्यसैले लुङदरलाई अग्ला स्थानमा राखिन्छ ।

फहराएको शुभ

अक्सर लुङदर हावामा फहराइरहेको देखिन्छ । खासमा लुङदर यसरी हावामा फहराएकै शुभ मानिन्छ । धार्मिक विश्वास के छ भने यसरी हावामा निरन्तर फहराउँदा त्यसबाट एक किसिमको तरंग पैदा हुन्छ । सोही तरंगमार्फत हाम्रो प्रार्थना भगवान समक्ष पुग्छ ।

ओम मणि पद्मे हुँ

झन्डामा अंकित यो मन्त्र करुणा, नैतिकता, धैर्य, परिश्रम, त्याग र ज्ञान जस्तो मूल्यको एक संयोजन हो । के मानिन्छ भने यो मन्त्र जप गर्दा आफुभित्रको ईष्या, अज्ञानता, लोभ, आक्रोस, वासना आदि क्रमस हट्दै जान्छ । अर्थात मनोविकार हटेर मन शुद्ध हुन्छ ।

उपहारको रुपमा पाउनु शुभ

लुङदर उपहारको रुपमा आदनप्रदान गर्नु पनि शुभ मानिन्छ ।

कार्यक्रमहरु
१. बिहान ७ बजे कार्यसमिति तथा स्वयंसेवक उपस्थिति (स्थान नेपाल शेर्पा संघको भवन )
२. ८ बजे नयाँ लुङदरको राप्ने कार्यक्रम
३. ९ बजे धार्मिक स्थलहरुमा समूह विभाजन र प्रस्थान
४. पुरानो लुङदर
व्यस्थापन र नयाँ लुङतार अर्पण
५. २ बजे खाजा
६. संकलित पुरानो लुङदरलाई विधिवत रुपमा व्यवस्थापन