खेलकुद

वर्षाका कारण नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौँ — वर्षाका कारण युएईसँगको खेल पूरा हुन नसक्दा एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट नेपाल बाहिरिएको छ ।

खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको हैसियतले फाइनलमा पुगेको छ । यसअघि युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

शुक्रबार मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बनाएको थियो । नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् । तर वर्षाका कारण नेपालले ब्याटिङ गर्न पाएन ।

खेल रद्ध भएसँगै उत्कृष्ट बलिङ गरेको नेपालले युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्य अधुरै भएको छ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुगेको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।

यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । अब दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् ।

वर्षाका कारण युएईसँगको खेल पूरा हुन नसक्दा एसीसी महिला टी- २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट नेपाल बाहिरिएको छ ।