अर्थनीति

लोडसेडिङ हटाएका जनार्दन शर्माले अर्थमा के गर्लान् ?


काठमाडौँ – कोरोनाले अर्थतन्त्र थिलोथिलो बनेको अबस्थामा नयाँ सरकार गठन भएको छ । जनार्दन शर्मा नयाँ अर्थमन्त्री बनेका छन् । व्यापार घाटा, मुल्य वृद्धी, लगानीको वातावरण र निजी क्षेत्रलाई रिझाउनु उनको चुनौतीको रुपमा हेरिएको छ । अर्थतन्त्र बचाउन केके योजना बनाउला त नयाँ सरकार ले ? ।

यतिवेला नेपाली अर्थतन्त्र कोरोनाका कारण थङथिलो अवस्थामा छ । ओली सरकारले अर्थतन्त्रको गाँठो खोल्न नसकेको आरोप लगाउदै आएको काग्रेस आफै सरकारमा आइपुगेको छ । अव उसले ऋणात्मक अवस्थामा रहेको अर्थतन्त्रलाई कसरी उकास्ला भन्ने जनचासो पनि यतिवेला छ ।

उर्जामन्त्री हुदा जनताको नजरमा वाहीवाही कमाएका जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् । तर अर्थमन्त्रालयको जिम्मेवारी समाल्न उनलाई त्यति सजिलो भने हुने छैन । व्यापार घाटा, मुल्य वृद्धी, लगानीको वातावरण र निजी क्षेत्रलाई रिझाउन उनका सामु चुनौती छन् । तर, मन्त्रालयको कार्यभार समाल्दै गर्दा उनका आश्वासनले नेपालको अर्थतन्त्र अव कायपलट नै हुने जनअपेक्षा रहेको छ ।

अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफु राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताए । मन्त्री शर्माले चाकडी गर्न चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन कर्मचारीलाई निर्देशन समेत दिए ।

यता ओली सरकारले नियुक्त गरेका केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि शर्माको पदभार ग्रहण कार्यक्रममा सहभागी भएका थिए । उनले मन्त्रीका सामु ब्रिफीङ गर्दै बढीरहेको व्यापार घाटा चुनौतिको रुपमा देखिदैँ गएको जनकारी गराए । मुद्रा संचितिको अवस्था राम्रो भएपनि व्यापार घाटा चुलिदैँ गएकोप्रति चिन्तित हुन शर्मालाई आग्रह गरे । देशमा निर्माण वा उत्पादन हुनसक्ने सानो भन्दा सानो वस्तु पनि महंगोमा आयात भइरहेको समेत गभर्नरले मन्त्री शर्मालाई जानकारी गराए ।

त्यस्तै, पुर्व अर्थमन्त्री युवराज खतिवडाका विश्वास पात्रको रुपमा चिनिएका अर्थ सचिव शिशिर कुमार ढुंगानाले आर्थिक स्रोतको दक्षतापूर्ण परिचालन गर्न सकेमात्र लक्ष्य गरिएको आर्थिक वृद्धि मेटाउन सकिने अर्थमन्त्री शर्मालाई ब्रिफीङ गरे । कोरोनाका कारण खुम्चिएको राजश्व संकलनका बीच आर्थिक वृद्धिदरको लक्ष्य भेटाउन कठिन भएको उनले बताए ।

झण्डै दुई तिहाइको ओली सरकारले अर्थतन्त्रको चरित्रमा परिवर्तन गर्न नसकेको अवस्थामा नयाँ सरकारले यसलाई कसरी हेर्छ त्यो समयले देखाउला । तर, कोरोना कहरले थलीएको अर्थतन्त्रलाई उकास्दै नयाँ मोडलमा विकास गर्न यो सरकारलाई थप चुनौति हुनेछ ।