राजनीति

लुम्बिनी प्रदेश सभा बैठक ३० गतेसम्म स्थगित


काठमाडौँ – लुम्बिनी प्रदेश सभाको बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः भदौ ३० गतेसम्म स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।