राजनीति

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार आज


काठमाडौँ – लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गठबन्धन दलहरुले मन्त्रीको नाम टुंग्याएपछि आज मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।

नेपाली कांग्रेसले मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको थियो । कांग्रेसले वन, वातावरण तथा भूसंरक्षणमा सुरेन्द्र हमाल, शिक्षा विज्ञान युवा तथा खेलकुदमा वसिउद्दिन खाँ र ऊर्जा, जलस्रोत तथा सिँचाइमा वीरबहादुर रानालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

साउन २८ गते गठबन्धनको सरकार बनेपनि दलहरुबीच भागबण्डामा कुरा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन ।