फोटो फिचर

‘याङ्सरी माया’ सार्वजनिक, हेर्नुहोस भिडियो


काठमाडौँ — ‘याङ्सरी माया’ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रदीप लामा युट्युब च्यानलमार्फत म्युजिक भिडियो आइतबार सार्वजनिक गरिएको हो । अश्मान लोप्चनको शब्द तथा प्रदीप लामाको संगीत संयोजन र जोग्लाल लामाको एरेन्जमा रहेको गीतमा प्रदीप लामा र ल्हमु शेर्पाले स्वर दिएका छन् ।

म्युजिक भिडियोमा नायक छोङबा शेर्पा (रिन्छेन्), मिङमा डोमा शेर्पा र पार्वती तामाङको अभिनय रहेको छ भने राहुल लामा सदीक्षा श्रेष्ठलाई बाल कलाकारको रुपमा देख्न सकिन्छ । भिडियोमा अहिलेका युवा—युवतीको रोमान्टिक प्रेमकथा मात्र नभएर मनदेखिको मायालाई देखाइएको छ । म्युजिक भिडियोलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको गायक तथा संगीत संयोजन प्रदीप लामाले बताए ।

ह्योल्मो भाषामा समेत याङसरी माया म्युजिक भिडियो निर्माण गर्नेे तयारीमा रहेको लामाले बताए ।

को हुन् छोङबा ?
छोङ्बा शेर्पा नायक मात्र होइनन्, उनले विश्वको सर्वोच्च शिखर सगरमाथा तीन पटक सफल आरोहण गरिसकेका छन् । विदेशी पाहुनालाई सहयोग गर्दै सगरमाथाको शिखरमा पु¥याउने शेर्पा नचाहँदै नचाहँदै पहिलो शेर्पा चलचित्र टिजेन फाममा अभिनय गर्न पुगे ।

त्यसैको सिलसिलामा शेर्पाले आजसम्म दर्जनौं म्युजिक भिडियोहरूमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । शेर्पा समुदाय मात्र नभएर अन्य समुदायले समेत निकै रुचाएका नायक हुन छोङ्बा शेर्पा । यो म्युजिक भिडियोमा पनि उनै शेर्पाको नृत्य देख्न सकिन्छ । उनी भन्छन् ‘मैले सकेको र जानेको कला प्रस्तुत गरेको छु । कलाकारिता क्षेत्रमा मेरो धेरै पुरानो अनुभव नभएका कारणले केही कमीकमजोरी हुन सक्छ त्यसलाई आगामी दिनमा सुधार गर्ने छु ।’

ल्हमु शेर्पा समुदायमा मात्र हैन अन्य समुदाय पनि उत्तिकै चर्चा कमाउन सफल गायिका हुन् । उनको समधुर स्वरलाई नरुचाउने सायदै कमै होलान् । तिनै शेर्पाको स्वर याङ्सरी माया पनि सुन्न सकिन्छ ।

र, यस म्युजिक भिडियोमा मोडलको रुपमा रहेकी मिङमा डोमा शेर्पा मोडलिङ क्षेत्रमा उदयमान कलाकार हुन । उनको कलालाई दर्शकले निकै रुचाएक छन् । अभिनय क्षेत्रमा सुरुवाती चरण रहेता पनि उनको कलाकारिता दर्शकले धेरै रुचाएका छन् । उनी भन्छिन् ‘सिक्दैछु, अझै धेरै सिक्न बाँकी छ । यहाँहरूको माया र साथ पाउने अपेक्षा छ ।’