समाचार

मेडिकल कलेजका विद्यार्थीहरु अनसनमा


काठमाडौँ – नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन् ।

आजदेखि नोबेल मेडिकल क्यापसमा एम.बि.बि.एस पढ्ने विद्यार्थीले अनसन सुरु गरेका हुन् । नोबेल कलेजबाट पिडित विद्यार्थीहरुले सरकारले बनाएको नियम कानून नमान्ने क्यापसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरण सहित स्थानन्तरण गर्न सरकारसँग माग राख्दै रिलेअनसन सुरु गरेका हुन् ।

राज्यले बनाएको कानून राज्यले नै कार्यान्वय गर्न नसक्दा एम.बि.बि.एस पढ्ने विद्यार्थी डिप्रेसनमा पुग्ने अवस्थामा पुगेको उनीहरुले गनासो गरेका छन् ।