Breaking

मधेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि


काठमाडौँ – मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन बिहीबार सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउन अधिवेशन सुरु हुन लागेको हो ।

बुधबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा नवौँ अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव आजको बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । यही अधिवेशनअन्तर्गत मधेश प्रदेश सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९्/ ८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने प्रदेशसभा सदस्यलाई जानकारी गराउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९्/८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

नीति तथा कार्यक्रमपश्चात् प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।