देश

भारतीय राजदूत नविन श्रीवास्तवले बुझाए नेपालका लागि ओहदाको प्रमाणपत्र


काठमाडौं — नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।