Breaking

बागमती प्रदेशसभाको बैठक बस्दै


काठमाडौँ — बागमती प्रदेशको प्रदेशसभा बैठक आज (आइतबार) बस्ने भएको छ । यसअघि फागुन १६ गतेका लागि बोलाएर स्थगन गरिएको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

पुस ७ र ८ गते दुई दिन चलेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेयता प्रदेशसभाको बैठक बस्ने सकेको छैन । प्रमुख प्रतिपक्षी एमालेले प्रदेश सरकारसँग विभिन्न विषयमा जवाफ माग गरिरहेको छ । गौरवका आयोजना सुरुङ मार्ग र विद्युतीय बस खरिदको विषय स्थगन गर्ने निर्णय सरकारले गरेपछि प्रतिपक्षी असन्तुष्ट भएको हो । सोही कारण प्रतिपक्षीले निरन्तर प्रदेशसभाको बैठकमा अवरोध गरिरहेको हो ।

प्रदेशसभा बैठक बस्न नसक्दा कानुन निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।