Breaking

बढ्न थाल्यो शेयर, अर्थमन्त्री र बोर्डका अध्यक्षको अभिव्यक्तिले बजारमा उछाल


काठमाडौँ — निरन्तर घटेको नेपाली शेयर बजार सुचक नेप्सेमा एकाएक चमक देखिएको छ । आज धितोपत्र बोर्डको ३० औ वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री र बोर्डका अध्यक्षको सकारात्क अभिव्यत्तीले बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ । ३२ सय माथी पुगेको नेपाली शेयर बजार सुचक नेप्से २ हजारको विन्दु सम्म आइपुगे पछि बल्ल सरकारको आँखा खुलेको छ । पुँजी बजार सुधारका लागि अर्थमन्त्री जनार्दन शर्माले चार सदस्यीय कमिटि गठन गरेका छन ।

बुधबार विहान अर्थमन्त्रालय, धितोपत्र बोर्डका अध्यक्ष र नेपाल राष्ट्र बैंकका गर्भनर सँगको छलफलपछि धितोपत्र बजारको समस्याको बारेमा सुझाव दिन चार सदस्यीय कमिटि गठन गरिएको हो । जसले बजारको अध्यायन गरेर मन्त्रालयमा प्रतिवेदन पेस गर्ने छ । शेयर बजार बारे खुलेर बोल्न नचाहाने मन्त्री शर्माले शेयर बजार कै नियामक निकाय नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवमा भने शेयर बजारको पक्षमा मन खोलेर प्रस्तुत भएका थिए ।

यता बजार बढेका बेला विज्ञप्तीबाजी गर्दै बजार घटाउन क्रियासिल हुने तर घटेको वेला चुइ पनि नगर्ने धितोपत्र बोर्डले पनि बजार प्रति चासो राख्न थालेको छ । बैंक हरुले शेयर धितोमा कडाइ गरेर बजार घटेको विश्लेषण भै रहेका बेला बोर्डका अध्यक्ष रमेश हमालले शेयर धितो कर्जामा गरेको कडाईलाई सहजीकरण गर्न बोर्डले भूमिका खेल्ने आश्वासन दिए । शेयर बजारमा देखिएका अधिकांश समस्याहरुको समाधान गर्न शेयर बजारसँग सम्बन्धीत निकायहरु एकजुट हुन आवश्यक रहेको समेत उनको धारणा छ ।

यता विश्लेषकहरुले भने बजार घट्नुमा नियामक निकाय कै कमजोरी भएको बताउदै आएका छन् । शेयर बजार विश्लेषक सन्दिपकुमार चौधरी नियामक निकायले शेयर कर्जामा सिमा तोक्नु, सीसीडी रेसियोको गणना विधि परिवर्तन गर्दै सीडी रेसियो बनाउनु, बजारका कम्पनिलाई कालो सुचिमा राख्नु र बजारका जानकार सँग छलफलनै नगरि नीति परिवर्तन गरीनु मुख्य कारण भएको बताउछन् । केहि समय पछि केन्द्रीय बैंकले जारि गर्ने मौद्रिक नीतिमा बजारमा लगाइएका लगामहरु नहटे नेपाली शेयर बजार क्रयास हुने उनको चेतावनी छ ।

अर्थमन्त्री शर्मा र शेयर बजारको नियामक निकाय बोर्डको धारणा सार्वजनिक हुदै गर्दा लगानीकर्ता पनि उत्साहित देखिएका छन् । लामो समय निरन्तर ओरालो गतिमा रहेको बजार बुधबार भने उच्च अंकले बढेको छ । नेप्से सुचकमा बुधबार ६० अंकको सुधार आउदै २ हजार ८० को विन्दुमा पुगेको छ ।